काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँले सडक यातायात व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, खेलकुद तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्नुभयो । उहाँले सडक ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने र कृषि क्षेत्रलाई वैज्ञानिक तथा आधुनिक बनाउने योजना सार्वजनिक गर्नुभयो । शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक नागरिकलाई सुशासनको अनुभूति दिने मेरो पहिलो प्राथमिकता हो । सडक ट्राफिक सधै।का लागि अन्त्य गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने, कृषि क्षेत्रलाई वैज्ञानिक र आधुनिकिकरण गर्ने, शिक्षा सबैको लागि निःशुल्क तथा अनिवार्य गर्ने, स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने, महिला तथा उद्यमीका लागि विशेष कार्यक्रम लागू गर्ने, हरेक खेलका लागि भौतिक संरचना निर्माण तथा विस्तार गर्ने, कला संस्कृति, साहित्य र पर्यटन संरक्षण र विस्तार गर्ने मेरा प्रतिवद्धताहरु हुन् ।’
आफू निर्वाचित भए स्वास्थ्य सेवामा सबैको सहज पहुँच हुने वातावरण निर्माण गर्ने भुसालको दाबी छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
-
२.
‘ट्रेड युनियन खारेज गर्ने’ रास्वपाको वाचाप्रति राष्ट्रिय शिक्षक संगठनको आपत्ति
-
३.
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
-
४.
एमालेको पहिलो प्राथमिकता देश हो : ओली
-
५.
एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी...
टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्
काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् । यी दुई घटनाको...
निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग
काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका...
नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने
काठमाडौँ। नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड...




