Breaking News

सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलले दियो मुद्दाबाट उन्मुक्ति

काठमाडौँ। सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका एक जना आरोपीलाई सरकारी वकिलले मुद्दाबाट उन्मुक्ति दिएको छ । चितवनको खैरहनी नगरपालिका–९ घर भएर अनामनगर बस्दै आएका महेन्द्र गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेपछि फागुन ८ मा सरकारी वकिलले उनको मुद्दा अदालत नलैजाने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीको निर्देशनमा उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले बताए । माघ २२ मा प्रहरीले पक्राउ गरेर उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

महान्यायाधिवक्ता भण्डारीले यसअघि आफ्नो स्वार्थ बाझिने ‘होप फर्टिलिटी सेन्टर’ पनि पनि डिम्ब तस्करीमा उन्मुक्ति दिएकी थिइन् ।

भण्डारीले केही समयअघि सहरकारी ठगीमा संलग्न आरोपी रवि लामिछाने, छविलाल जोशी र जीवी राई सहित ५० जनाभन्दा धेरैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगपत्र फिर्ता लिने निर्णय गरेकी थिइन् । गत भदाैमा भएकाे जेनजी आन्दाेलनमा देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जलाइएकाे थियाे।

सम्बन्धित समाचार

धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा, मृतक सबैको सनाखत

धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा, मृतक सबैको सनाखत

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुग्नुभएको छ। गृहमन्त्री अर्यालले सोमबार अपराह्न कलंकीस्थति नेपाल नेशनल...

‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह

‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्ति, माफी माग्न आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हालै धनगढीमा आयोजित चुनावी...

टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्

टिकटकर तुलसा अधिकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिइन्

काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् । यी दुई घटनाको...

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका...