Breaking News

बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ।

हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको हो ।

आज सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम रु २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।

चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।

सम्बन्धित समाचार

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...