उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ।
हाल वस्तुगत उपाध्यक्ष रहनुभएका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको हो । निजी क्षेत्रका समस्या समाधान नै आफ्नो मुख्य दायित्व रहेको बताउँदै उहाँले आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्ने र आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउने बताउनु भयो । राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको बताउनुभयो।
कर सुधारका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो । यद्यपि राजनीतिक अस्थिरताका कारण व्यवसायीहरूमा केही त्रासको अवस्था सिर्जना भएको र लगानीमैत्री वातावरण अपेक्षाअनुसार तयार हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । ढकालले आगामी दिनमा सरकारी तहमा रोकिएर बसेका कानूनहरू पारित गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै बजारलाई चलायमान बनाउन, थलिएको अर्थतन्त्रलाई सुदृढ गर्न र आर्थिक वृद्धि दर कायम राख्न निजी क्षेत्र सक्रिय रूपमा लाग्ने बताउनुभयो ।
देशबाट युवाहरूको विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार तथा समस्या सहजीकरण आफ्नो प्राथमिकता रहने उहाँको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भन्नुभयो– ‘प्रतिकुल अवस्थामा पनि धेरै काम हुन सकिरहेको छ । अब आउने जेन–जी आन्दोलन पछाडी समावेशिताको कुरा आइरहेको छ। आर्थिक एजेण्डा पनि अघि बढिरहेको अवस्थामा हामी पनि निजी क्षेत्रको छाता संगठनको नाताले नेपाल उद्योग वाणिज्य महासंघ त्यत्तिकै सक्रिय भएर सरकारसँग स्पष्ट रुपमा कुरा राख्नेछौँ । अर्थतन्त्र चलायमान नभएको अवस्थामा अर्थतन्त्रमा परेको प्रेसरबाट माथि उठ्न काम गर्नुपर्नेछ । त्यसका लागि महासंघका सदस्यहरुको म्यान्डेटअनुसार अघि बढ्नेछौँ । म लगायत मेरो टिमलाई विश्वास गर्न आग्रह गर्दछु ।’
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको स्पष्ट पार्नुभयो । महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभयो । हाल उहाँ एसोसिएट उपाध्यक्ष नै हुनुहन्छ । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...




