ट्रम्पले भनेः इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताउनुभएको छ । यदि उनलाई त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताउनुभयो। ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने उहाँको भनाइ छ ।
यसअघि सोमवार वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो कि गत हप्ता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोला बारुदको कमी र सहयोगी देशहरूबाट समर्थन नहुन सक्ने कुराले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिनुभएको थियो । स्रोतहरूकाअनुसार उहाँले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थियो । जनरल काइनको कार्यालयले शुक्रवार जारी गरेको वक्तव्यमा भनेको छ कि राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउँछन् ।
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीवार जेनेभामा तय भएको छ । यो वार्ताले इरानको आणविक कार्यक्रम, युरेनियम संवद्र्धन स्तर र प्रतिवन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । तर अघिल्ला दुई चरणका वार्ताहरूमा खासै प्रगति देखिएको छैन । ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि तयार राखेको संकेत गरेको छ । जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार हुन् र उनी इरानसँग सम्बन्धित मुद्दामा प्रभावशाली भूमिकामा छन् ।
ताजा अपडेट
-
१.
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले बैंकमा खाता खोले
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
निर्वाचनका दिन पर्यटकवाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको राजेन्द्र लिङ्देनको दावी
-
५.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
सम्बन्धित समाचार
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलले आफूमाथि लगाइएको जीवन कारावासको सजायविरुद्ध अपील दर्ता गर्नुभएको छ । यो अपील विद्रोहको...
अमेरिकाको पूर्वी क्षेत्रमा रेकर्ड तोड्ने हिमआँधी, हजारौं उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित...
अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको...
क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु
अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न...




