Breaking News

टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्‍यो श्रीलंका

काठमाडौँ। आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ मा आयोजक श्रीलंका विश्वकप यात्राबाट बाहिरिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्‍यो। श्रीलंका २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै सीमित भयो।

कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन पर्याप्त भएन। दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० ले दोहोरो अंक छुन साझेदारी लामो टिक्न सकेन।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए। कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।

यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन। ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो। तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो। सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे।

रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए। श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो।

न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ।

सम्बन्धित समाचार

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ। निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने...

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल...

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू...