१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो
काठमाडौं। यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ।
पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो। गएराति भएको खेलमा पिएसजीविरुद्ध मोनाकोले खेलको ४५ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। उसका लागि म्याग्रेस अक्लिउचेले गोल गरेका थिए। खेलको ५८ मिनेटमा मोनाकोका मामाडोउ कौलिबाजल्ले रातोकार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।
त्यसको फाइदा उठाउँदै पिएसजीले खेलको ६० र ६६ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको हो। उसका लागि मार्किन्हो र खिभिचा क्वारात्खेलियाले गोल गरे। खेलको अन्तिम समयमा मोनाकोका लागि जोर्डन तेजेले बराबरी गोल गरेका हुन्।
ताजा अपडेट
-
१.
प्रतिनिधिसभा निर्वाचनः फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने
-
२.
अफगानिस्तानको आक्रमणको जवाफ दियौँः पाकिस्तानी अधिकारी
-
३.
पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर
-
४.
टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु
-
५.
ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त
काठमाडौं। आईसीसी टी २० विश्वकपको सुपर ८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७...
टी २० विश्वकप क्रिकेट २०२६ : न्युजिल्यान्डसँग हार्यो श्रीलंका
काठमाडौँ। आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ मा आयोजक श्रीलंका विश्वकप यात्राबाट बाहिरिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग...
इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा, पाकिस्तानको यात्रा अनिश्चित
काठमाडौँ। इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै सेमिफाइनल टी२० विश्वकप २०२६ को सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ। इंग्ल्यान्डको जितमा कप्तान...
उपचारका लागि रकम पुगेपछि साम्बाको अनुरोध, `सहयोग रोकिदिनुहोस्´
काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने समर्थकलाई धन्यवाद दिँदै सहयोग रकम रोकिदिन...




