Breaking News

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीन वटै जिल्लाका उम्मेदवारको भर्चुअल सहभागितामा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो। प्रतिज्ञापत्रमा तीन वटै जिल्लालाई एउटै सहरका रुपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने प्रतिज्ञा गरिएको छ।

एकीकृत सहरी विका आयोजना कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ।उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुर्नसंरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने जनाइएको छ।

त्यस्तै, उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै वाकेबल सिटीका रुपमा विकास गर्ने उहाँहरूले प्रतिज्ञा गरेका छन्।

प्रतिज्ञापत्रले उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वज्निक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने जनाएका छन्। यस्तै, उपत्यकाका नदीको संरक्षण, शुद्धिकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वशुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलई विश्वस्तरीय बनाउँदै लगिने काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारले जनाएका छन्। प्रतिज्ञापत्रले उपत्यकाको एकीकृत भू उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्व चेतावनीसहितका कमान्ड सेन्टर सञ्चालनमा ल्याउने विषय समेटेको छ।

उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीम आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुर्नभरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने उहरूहरूले प्रतिज्ञा गर्नुुभएको छ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री पौडेलले काठमाडौँ उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको जनाउँदै एक्लाएक्लै भन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको बताए। ‘यस प्रतिज्ञापत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्नका लागि समेत मार्ग दर्शन गर्नेछ,’ पौडेलले भन्नुभयो।

प्रतिज्ञापत्रमा काठमाडौँ-१ का उम्मेदवार प्रबल थापा, काठमाडौँ-२ का उम्मेदवार कविर शर्मा, काठमाडौँ-३ का उम्मेदवार रमेश अर्याल, काठमाडौँ-४ का उम्मेदवार सचिन तिमिल्सना र काठमाडौँ-५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ।

त्यस्तै, काठमाडौँ-६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौँ-७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौँ-८ की सपना राजभण्डारी, काठमाडौँ-९ की नानु बास्तोला र काठमाडौँ-१० का उम्मेदवार हिमाल कार्कीले प्रतिबद्धता जनाउनुभएको छ।

यसैगरी, भक्तपुर-१ का उम्मेदवार किरण न्यौपाने, भक्तपुर-२ का उम्मेदवार कविर राणा, ललितपुर-१ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर-२ का प्रेमकृष्ण महर्जन र ललितपुर-३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ।

 

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले...

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...