अर्थ

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ।

यो अवधिमा निगमको कुल आम्दानी करिब ७ प्रतिशतले वृद्धि भएको छ भने यात्रु सङ्ख्या करिब १८.७ प्रतिशतले वृद्धि भएको छ। उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु सङ्ख्या दुवैमा वृद्धि भएको निमगले जनाएको छ ।

जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेका छन् । निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौं । बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम...

कति छ सुनको भाउ?

कति छ सुनको भाउ?

काठमाडौँ। सुनको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल...

डलरको भाउ कति?

डलरको भाउ कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज/बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन...