उज्यालो नेपाल पार्टीले खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने
काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ ।
पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिनुभयो ।
सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गर्नुभयो । मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संगठनात्मक रुपमा हामी थोरै कमजोर छौँ । धेरै ठुलो जनसमर्थन हुँदाहुँदै पनि हामी जनतासमक्ष पुग्न गाह्रो भइरहेको छ । त्यसैले हामीले भौतिक र डिजिटल कार्यक्रमको समेत आवश्यकता देखेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यसमा हामीले सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामीले स्वीकृति लिएर कार्यक्रम गर्न लागेका हौँ, कसैसँग प्रतिस्पर्धा गर्नको लागि होइन । हाम्रा प्रतिवद्धताहरुलाई हाम्रा कार्यकर्तासमक्ष पु¥याउनको लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’
उहाँले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयता दिइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेपछि...
बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ
काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष...
१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ। हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्मा सुधन...
बालेन प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को...




