पाकिस्तान–अफगानिस्तान सीमा द्वन्द्वमा क्षति बढ्दै, सयौंको मृत्यु
पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या बढिरहेको छ । पाकिस्तानको सेनाले शुक्रवार दाबी गरेको छ कि बिहीवारदेखि जारी सीमा द्वन्द्वमा २ सय ७४ अफगान लडाकुहरू मारिएका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन् ।
पाकिस्तान सेनाको अन्तर–सेवा जनसम्पर्क ९आईएसपीआर० का निर्देशक जनरल लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार अफगान लडाकुहरूले पाकिस्तान–अफगानिस्तान सीमाको १५ सेक्टरमा ५३ स्थानहरूमा गोलीबारी र भौतिक आक्रमण गरेका थिए । उहाँले पाकिस्तानी सुरक्षा बलहरूले यी आक्रमणहरूलाई प्रभावकारी रूपमा रोकेका र सन्तुलित प्रतिकार आक्रमणहरू गरेका बताउनु भयो । चौधरीकाअनुसार पाकिस्तानी वायु सेनाले अफगानिस्तानका २२ स्थानहरूमा हवाई हमला गरेको छ, जसमा काबुल, कन्दहार, पक्तिया, नंगरहार, खोस्त र पक्तिका प्रान्तहरू समावेश छन् ।
यी हमलाहरूले लडाकुहरूले प्रयोग गर्ने सैन्य मुख्यालय, ब्रिगेड तथा बटालियन सुविधा, गोला बारुद गोदाम, लजिस्टिक आधार र लुकेका ठाउँहरूलाई निशाना बनाएको बताइएको छ । पाकिस्तानतर्फ १२ जना सैनिकहरू मारिएका छन्, २७ जना घाइते भएका छन् र एक जना बेपत्ता छन् । चौधरीले अफगान तालिबान सरकारलाई पाकिस्तानभित्र आक्रमण गर्ने लडाकुहरूलाई समर्थन गरेको आरोप लगाए, जसमा प्रतिवन्धित तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० का सदस्यहरू पनि समावेश छन् । यसैबीच, अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले शुक्रवार सीमा तनावबारे पत्रकार सम्मेलनमा भने कि प्रतिकार कारबाहीमा ५५ पाकिस्तानी सैनिकहरू मारिएका छन् र केहीलाई कब्जा गरिएको छ ।
मुजाहिदकाअनुसार पाकिस्तानी टोही विमानहरू अझै अफगानिस्तानको हवाई क्षेत्रमा सञ्चालन भइरहेका छन्। यदि पाकिस्तानले आक्रमण जारी राखेमा इस्लामिक इमिरेटका सेनाहरूसँग निर्णायक कारबाही गर्ने क्षमता रहेको उहाँले बताउनु भयो । उहाँले अफगान सरकारले सधैं शान्तिपूर्ण समाधानमा जोड दिएको र यो स्थिति समाधान गर्न रचनात्मक तथा अहिंसात्मक तरिका अपनाउन निरन्तर प्रयास गरिरहेको बताउनु भयो । दुई छिमेकी देशहरूबीच पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा लडाकु हिंसाको वृद्धिसँगै तनाव बढेको छ । दुवै पक्षले एकअर्कालाई दोष लगाइरहेका छन्, तर स्वतन्त्र रूपमा यी दाबीहरू पुष्टि हुन सकेका छैनन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




