इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
तेहरान। इजरायल र अमेरिकाको भीषण आक्रमणपछि इरानले प्रत्याक्रमण शुरु गरेको छ। इरानी क्षेप्यास्त्रहरूले इजरायलमा पनि विध्वंस गरेका छन्।
इजरायलमा सबैतिर लगभग साइरन सुनिएको छ। सरकारले मानिसहरूलाई उच्च सतर्कतामा रहन र बंकर लुक्न भनेको छ।
यसैबीच इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको छ। कतार, युएई, बहराइन, साउदी अरेबिया र कुवेतमा इरानी क्षेप्यास्त्र आक्रमण गरेको छ।
इरानी क्षेप्यास्त्रहरूले इजरायलको हाइफा बन्दरगाहमा प्रहार गरेका छन्, जसले बन्दरगाहमा ठूलो क्षति पुर्याएको छ। इजरायली रक्षाबलले हालै विज्ञप्ति जारी गर्दै भनेको छ, “केही समयअघि प्रतिरक्षात्मक बलले इरानबाट इजरायली क्षेत्रतर्फ प्रहार गरिएको क्षेप्यास्त्रहरूलाई नष्ट गरेको थियो।”
इजरायलमा मानिसहरूलाई होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न आदेश दिइएको छ। “यो वेला इजरायली वायुसेनाले खतरालाई नियन्त्रण गर्न र खतरा टार्न आवश्यक ठाउँमा आक्रमण गर्ने काम गरिरहेको छ”‚ उनले भने।
युएई र कुवेतमा आक्रमण
युएईको अबुधाबी शहरमा इरानी क्षेप्यास्त्र आक्रमणमा एकजनाको मृत्यु भएको छ। युएईले धेरै इरानी क्षेप्यास्त्रहरूलाई निष्क्रिय बनाएको दावी गरेको छ।
युएई सरकारले यो आक्रमणले युएईको राष्ट्रिय सार्वभौमिकता र अन्ताराष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताएको छ। युएईले यो इरानी आक्रमणको जवाफ दिने अधिकार सुरक्षित राखेको बताएको छ।
बहराइनमा आक्रमण
बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको छ, जहाँ अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय छ। बहराइनको गृहमन्त्रालयले चेतावनी जारी गर्दै आपतकालीन साइरन बजाइएको बताइएको छ। यसले मानिसहरूलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा सर्न पनि आग्रह गरेको छ।
कतारमा क्षेप्यास्त्र आक्रमण
कतार मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको छ। इरानले यस अड्डालाई लक्षित गरी धेरै क्षेप्यास्त्र प्रहार गरेको छ। कतारले धेरैजसो इरानी क्षेप्यास्त्रहरूलाई नष्ट गरेको बताएको छ। यद्यपि, सामाजिक सञ्जालमा जमिनमा ठूलो मात्रामा विनाश भएको देखाउने धेरै भिडियो देखिएका छन्।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...




