निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ: पर्यवेक्षक संस्था
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनका चार वटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन्।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) र निर्वाचन पर्यवेक्षक समिति नेपाल (ईओक)ले सिङ्गो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन्। चारै संस्थाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल र उम्मेदवारका तर्फबाट निर्वाचन प्रचार-प्रसार उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ।’
देश निर्वाचन उत्सवका लागि तयार भएसँगै मतदाता पनि देश-विदेशबाट आ-आफ्नो मतदान केन्द्र पुग्ने क्रम चलिरहेको जनाएका छन्। यससँगै पर्यवेक्षक संस्थाहरूले निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारस्तम्भ भएकाले यसलाई सफल तुल्याउन आह्वान गरेका छन्।
नियोकका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटी, जियोक महासचिव कृष्णमान प्रधान, गैसस महासंघका अध्यक्ष अर्जुन भट्टराई र ईओक अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै जुटौँ, ऐतिहासिक निर्वाचन उत्सवलाई सफल पारौँ।’
उनीहरूले यही फागुन २१ मा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु सबैको साझा जिम्मेवारी भएकाले उत्साहपूर्वक सहभागी हुन र आ–आफ्नो सहयोग पु¥याउन अपिल गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




