इरानका रक्षामन्त्री मारिएको दावी
इजरायलले शनिबार इरानको राजधानी तेहरानसहित धेरैवटा सहरमा भीषण हवाई हमला गरेको छ।
यसैबिच स्रोतलाई उद्धृत गर्दै रोयटर्सले आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ।
रोयटर्सले लेखेको छ, ‘इजरायलको सैन्य कारबाहीसँग सम्बन्धित दुई स्रोत र एक क्षेत्रीय स्रोतले भनेका छन्- इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्सका कमान्डर मोहम्मद पाकपुर मारिएका छन्।’
यसअघि इरानी समाचार एजेन्सीले दक्षिणी इरानको एक विद्यालयमा मिसाइल प्रहार हुँदा ४० जना विद्यार्थीको मृत्यु भएको र ४५ जना घाइते भएको उल्लेख गरेको थियो।
इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा हवाई आक्रमण गरेको हो।
आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गर्दै इरानविरुद्ध हमला अमेरिकी नागरिकको सुरक्षाका लागि भएको बताएका छन्।
जवाफमा इरानले पनि इजरायलविरुद्ध झन्डै ४०० वटा मिसाइल प्रहार गरेको छ भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी आधार शिविरलाई निसाना बनाएको छ।
साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि आक्रमण गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...




