Breaking News

सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउनेछु। यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ । यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो । त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ ।’

अध्यक्ष ओलीले एमाले विकासप्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको औंल्याउनुभयो।

उहाँले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भुमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...