आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने
काठमाडौँ। आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमा जोडिएका जिल्लाका सीमा नाका बन्द हुने भएका छन्।
विहीवार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्ताराष्ट्रिय सिमाना जोडिएका जिल्लामा सीमानाका बन्द गर्न लागिएको हो।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टापूर्व सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो।
तदनुसार नै आइतवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि अन्ताराष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो।
घिमिरेले भन्नुभयो, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले आज राति १२ बजेदेखि अन्ताराष्ट्रिय सीमानाका जोडिएका जिल्लामा अन्ताराष्ट्रिय सीमानाका बन्द रहनेछन्। त्यसै बमोजिमको व्यवस्था गर्न/गराउन सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्छ।’
आयोगले सीमानाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। निर्वाचन अवधिभर सुरक्षा कडा बनाउँदै अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्बन गरिरहेको जनाएको छ।
ताजा अपडेट
-
१.
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
-
२.
वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
३.
होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव
-
४.
होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
-
५.
यस्तो रहनेछ आजको मौसम
ट्रेन्डिङ
-
१.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
२.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
३.
बढ्यो नेप्से
-
४.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
५.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
सम्बन्धित समाचार
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आज होली, देशभर सार्वजनिक बिदा
काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रंग र लोला खेली मनाइँदैछ।...
अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरियो : इरान
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ। बीबीसी फारसीका...




