राजनीति

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजेनै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुनेछ ।

त्यसैगरि बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुनेछ ।

सम्बन्धित समाचार

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...

चितवन २ मा रविको फराकिलो अग्रता

चितवन २ मा रविको फराकिलो अग्रता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...