राजनीति

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु ।  साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँदछु ।”
उहाँले पर्व फागुपूर्णिमा ९होली० को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गर्नुभएको  छ ।
नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन एउटा महत्वपूर्ण अवसर हुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावनालाई सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँको विश्वास  छ ।
उहाँले सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागुपूर्णिमा पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरित गरोस् भनी कामना पनि गर्नुभएको छ ।
(((

सम्बन्धित समाचार

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली० ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक...

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा/होली पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र...

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना...

आज मध्यरातिदेखि मौनअवधि, प्रचारप्रसारको अन्तिम दिन

आज मध्यरातिदेखि मौनअवधि, प्रचारप्रसारको अन्तिम दिन

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको...