Breaking News

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन । जेठ १५ मा सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजिगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ । यो खर्च उक्त शिर्षकमा १८।५९ प्रतिशत मात्रै हो । सरकारले चालु आ।व।को आठ महिना बित्न लाग्दा समेत १ खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ ।

निर्माणको गति अघि नबढेका कारण अहिले पुँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । उहाँकाअनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरु प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको बताउनु भयो ।

अध्यक्ष सिंहले भन्नुभयो –‘विकास बजेट खर्च नहुनुको कारण एउटा कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन । जेन–जी आन्दोलनपछि अस्थिरताका कारण पनि काम भएको छैन । अहिले अर्थमन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ । विकास बजेट खर्च गर्ने रकम नभएको अभाष हुन्छ । विनियोजित बजेटलाई कसरी संकुचनमा ल्याउने भन्नेमै अर्थका अधिकारीहरु लागेको देखिन्छ । बजेट अभाव भएकै कारण काम भएको छैन र काम नभएकै कारण नेपालीहरु विदेशीनु परिरहेको छ ।’
अध्यक्ष सिंहले अहिले नेपालमा मजदुर अभाव पनि चर्किदै गएको बताउनुभएको छ ।

अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरु प्रभावित भइरहेको उहाँको भनाइ छ ।

उहाँकाअनुसार निर्माण क्षेत्र मात्रै पनि चलायमान हुने हो भने अरु धेरै क्षेत्रहरुमा गतिविधिहरु बढ्नसक्ने भएकाले सरकारले यसलाई ध्यानमा राख्न जरुरी छ । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ ।...

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

काठमाडौँ। आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात...