अर्थ

सेल्सबेरीमा माता तीर्थ औंशी विशेष अफर, वैशाख १७ गतेसम्म जारी रहने

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्समा सपिङ गर्दा आमालाई हेलिकप्टरमार्फत गोसाइकुण्ड दर्शन गराउने अवसर मिल्ने भएको छ । सेल्सबेरीले आमाको मुख हेर्ने दिन (माता तीर्थ औंशी)को अवसरमा यो अफर ल्याएको हो ।

सेल्सबेरी र पोखरास्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा सपिङ गरी ‘फोन पे’बाट भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जनाले लक्की ड्रका आधारमा यो अवसर प्राप्त गर्नेछन् । वैशाख ५ गते सोमबारबाट सुरु यो अफर वैशाख १७ गतेसम्म जारी रहने चिफ बिजनेश अफिसर चेतनारायण पौडेलले जानकारी दिए ।

‘सेल्सवेरीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समय समयमा अफरहरु ल्याउँदै आइरहेको छ,’ उनले भने, ‘आमा औंशीको अवसरमा ल्याइएको यो अफर धेरै उत्साहजनक हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

सेल्सवेरीमा सपिङ गरिसकेपछि आमालाई गोसाइकुण्ड दर्शन गराउने अवसर प्राप्त हुनुले आमाहरुप्रति सम्मान हुनेछ भन्ने आफूहरुको विश्वास रहेको पौडेलले बताए ।

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...