काठमाडौँ। मलेसियामा हुने यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो।
१८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन्। टिममा सोनी पार्खिनले उपकप्तानको जिम्मेवारी पाएकी छिन्।
१५ सदस्यीय टिममा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।