अन्तर्राष्ट्रिय

औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु

ऊर्जा सुधार, पूर्वाधार विस्तार र क्षेत्रीय एकीकरणमार्फत अफ्रिकाको औद्योगिक रूपान्तरणलाई अघि बढाउने उद्देश्यका साथ मंगलवार दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिका इनर्जी इन्डाबा २०२६’ शुरु भएको छ ।

‘इग्नाइटिङ द पावर रिभोल्युसन’ /विद्युत क्रान्ति प्रज्वलन भन्ने नाराका साथ आयोजित यस १८ औं संस्करण आगामी बिहीवारसम्म केप टाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुनेछ । यस कार्यक्रममा उपयोगिता सेवा प्रदायक, नियामक, लगानीकर्ता र उद्योगका कार्यकारीहरू परियोजना कार्यान्वयन र लगानी परिचालनका लागि एकै ठाउँमा भेला भएका छन् ।

सम्मेलनको मुख्य एजेन्डामा क्षेत्रीय विद्युत बजार सुदृढीकरण, सीमापार व्यापार, ग्यास–टु–पावर विकास, प्रशारण तथा ग्रिड विस्तार र निजी पुँजी परिचालन जस्ता विषयहरू रहेका छन् । आयोजकका अनुसार यस पटक ३७ अफ्रिकी देशका १,६६२ प्रतिनिधिहरू सहभागी छन् । जसमा १५ अफ्रिकी ऊर्जा मन्त्री र १७३ विज्ञ वक्ताहरू समावेश छन् ।

मुख्य सम्मेलनसँगै आयोजित प्रदर्शनीमा १०० भन्दा बढी स्टलहरू मार्फत ग्यास, नवीकरणीय ऊर्जा, आणविक शक्ति, प्रसारण र इलेक्ट्रिक मोबिलिटीका क्षेत्रमा भएका अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिएको छ । यस प्रदर्शनीमा ४,३०० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ग्रामीण ऊर्जा पहुँच र शहरीकरणको माग सम्बोधन गर्ने समाधानहरूलाई पनि प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...