Breaking News

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय भएको बताउनुभएको छ ।

हालैका अमेरिकी र इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको तेहरानस्थित एउटा विद्यालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उहाँले युद्ध अन्त्यका लागि इरानका पूर्वशर्तहरूका बारेमा टिप्पणी गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले इरानको कुटनीतिक संयन्त्रले सरकारको समर्थनमा कूटनीतिको बाटो पछ्याएको र युद्ध टार्न अन्तिम क्षणसम्म सक्दो प्रयास गरेको भएपनि अर्को पक्षले युद्ध शुरु गर्ने निर्णय गरेको बताउनुभयो ।

बाघेईले पश्चिम एशिया क्षेत्रमा युद्धको दायरा विस्तार हुनुभन्दा अगाडि नै अन्तर्राष्ट्रिय समुदायले समयमै उचित निर्णय लिनुपर्नेमा जोड दिनुभयो । केही अरब राष्ट्रहरूले अमेरिकासँग मिलेर इरान विरोधी गठबन्धन बनाउन सक्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नमा उहाँले तेहरानको सैद्धान्तिक नीति छिमेकीहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु भएको उल्लेख गर्नुभयो । उहाँले अमेरिकाविरुद्ध इरानका कारबाहीहरू कुनैपनि हालतमा क्षेत्रीय राष्ट्रहरूप्रतिको शत्रुताको संकेत नभएको प्रष्ट पार्नुभयो ।

बाघेईले इरानमाथि अन्यायपूर्ण र बिना कुनै कारण आक्रमण गरिएको बताउँदै आवश्यक कदम नचालेमा युद्धको ज्वाला जताततै फैलिने चेतावनी दिनुभयो । गत शनिवार बिहान तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा सर्वोच्च नेता अली खामेनी, उहाँका परिवारका केही सदस्य, वरिष्ठ सैन्य कमाण्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । यसको प्रतिक्रिया स्वरूप इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी विभिन्न चरणमा मिसाइल र ड्रोन आक्रमणहरू गरेको थियो ।

सम्बन्धित समाचार

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...