स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र/बेस प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले स्पेनविरुद्ध यस्तो चेतावनी दिनुभएको हो ।
सोही क्रममा उनले आफू बेलायतसँग पनि खुशी नरहेको बताउनु भयो । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको वार्ताको शुरुमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले आफूहरु स्पेनसँगको सबै व्यापार बन्द गर्न गइरहेको बताउनु भयो । अमेरिकाले स्पेनसँग कुनै सम्बन्ध राख्न नचाहेको बताउनु भयो । बेलायती प्रधानमन्त्री किर स्टार्मरले सोमवार संसदमा बोल्दै इरानमाथि भइरहेको अमेरिका–इजरायलको आक्रामक हमलामा बेलायत सहभागी नहुने स्पष्ट पार्नुभएको थियो ।
मंगलवार ओभल अफिसमा भएको भेटमा चान्सलर मर्जले ट्रम्पलाई इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्ध जतिसक्दो चाँडो अन्त्य हुनेमा जर्मनीले आशा राखेको बताउनुभएको थियो । शनिवार बिहानैदेखि अमेरिका र इजरायलले इरानविरुद्ध विशाल सैन्य अभियान शुरु गरेयता ट्रम्पलाई प्रत्यक्ष भेट्ने मर्ज पहिलो विदेशी नेता हुन्।
ताजा अपडेट
-
१.
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
-
२.
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
-
३.
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
-
४.
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
-
५.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु
ऊर्जा सुधार, पूर्वाधार विस्तार र क्षेत्रीय एकीकरणमार्फत अफ्रिकाको औद्योगिक रूपान्तरणलाई अघि बढाउने उद्देश्यका साथ मंगलवार दक्षिण अफ्रिकाको केप टाउनमा...




