अन्तर्राष्ट्रिय

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले विशेष गरी हिजबुल्लाह समूहलाई आफ्ना हतियारहरू राज्यका संस्थाहरूलाई सुम्पन आह्वान गर्नुभयो ।

लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचा बाहिर लेबनानी क्षेत्रबाट शुरु गरिएका कुनैपनि सैन्य वा सुरक्षा कार्यहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको बताउनुभयो। जसमा कुनै अस्पष्टता वा व्याख्याको ठाउँ नरहेको बताउनु भयो ।

हिजबुल्लाहको सशस्त्र गतिविधिले राज्यको अधिकारमाथि उल्लङ्घन गरेको घोषणा गर्दै मन्त्रिपरिषद्ले सुरक्षा निकायहरूलाई उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्न र लेबनानी क्षेत्रबाट रकेट वा ड्रोन प्रक्षेपण रोक्न आदेश दिएको छ ।

इरानी रेड क्रिसेन्टकाअनुसार पछिल्लो समय आक्रमण शुरु भएदेखि कम्तिमा ५ सय ५५ जनाको मृत्यु भएको छ । यसैबीच म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार इजरायलमा १० जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...

औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु

औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु

ऊर्जा सुधार, पूर्वाधार विस्तार र क्षेत्रीय एकीकरणमार्फत अफ्रिकाको औद्योगिक रूपान्तरणलाई अघि बढाउने उद्देश्यका साथ मंगलवार दक्षिण अफ्रिकाको केप टाउनमा...