काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा साविक म्यानचेस्टर सिटीले लय फर्काएको छ। शनिबार राति भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडमाथि ४-१ को जित निकाल्दा लिभरपुललाई टक्कर दिने सुरमा रहेको चेल्सी र आर्सनलले भने आ–आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडे।
चेल्सी क्रिस्टल प्यालेस तथा आर्सनल ब्राइटनसँग समान १–१ गोलको बराबरीमा रोकिए। त्यस्ते ब्रेन्टफर्टले साउथहेम्टनमाथि ५–० को प्रभावसाली जित निकाल्दा टोटेनह्याम भने २–१ ले स्तब्ध भयो।
त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई १–० ले हराउँदा एस्टन भिल्लाले लेस्टरलाई २–१ ले हरायो। जितपछि सिटी २० खेलबाट ३४ अंकका साथ छैटौं स्थानमा कायम छ। यद्यपि उसले दोस्रो स्थानको ६ अंकमा अग्रता छोट्याएको छ। २ खेल कम खेलेको लिभरपुलको भने ४५ अंक रहेको छ।