Breaking News

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तय भएको सिरिज हालका लागि स्थगित भएको हो ।

खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण यूएई र ओमानका टोलीलाई नेपाल आउन समस्या भएपछि सिरिज स्थगित गरिएको बताइएको छ । सिरिजका लागि दुवै टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो ।

यसअघि सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो भने टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।

सम्बन्धित समाचार

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...