काठमाडौँ। जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल नतिजाविहीन बनेका छन्। पर्सामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ४२ ओभरको खेल खेलेर ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल नतिजा विहीन बन्यो।
यता, मधेशले दिएको १६४ रनको लक्ष्यमा जबाफी ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनाउँदा बराबरी बनेको हो। पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन जोडे। आर्मीले पहिलो पारीमा १२१ र दोस्रो पारीमा १७५ रन बनाएको थियो। पुलिसले पहिलो पारीमा १२५ रन बनाएको थियो।
अर्को खेलमा मधेश प्रदेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित समयमा २० ओभर खेल्दै ६ विकेट गुमाएर ९७ रन जोड्यो। बागमतीका ओपनर रित गौतमले सर्वाधिक २५ रन बनाए।
पहिलो पारीमा १०२ रनमा रोकिएको मधेशले दोस्रो पारीमा २११ रन बनाएको थियो । मधेशका मायन यादवले शतक प्रहार गरेका थिए । पहिलो पारीमा बागमती १५० रन बनाएको थियो ।
अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।