Breaking News

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ ।

बुधवार साँझ करिब साढे ५ बजे स्थानीय २२ वर्षीय छोरा राकेश कुमार दास र २१ वर्षीय छोरा अवधेश कुमार दासबिच मदिरा सेवनका क्रममा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट राकेश कुमार दासको पिठ्यु र अनुहारमा चोट लागेको छ। उनलाई उपचारका लागि सामुदायिक अस्पताल कटहरियामा भर्ना गरिएको छ। उनलाई १० वटा टाँका लगाइएको चिकित्सकले जनाएका छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर तेजप्रसाद भट्टराईको कमान्डमा टोली खटिएको थियो। घटनामा संलग्न आरोपी फरार रहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...