समाचार

भूकम्प अपडेट : नेपालका यी स्थानमा भयो क्षति

काठमाडौँ। मंगलबार बिहान ६:५० मा तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याच्नेच्युटको भूकम्पले नेपालका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

गृह मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार ५ जिल्ला विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक भोटेकोशे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ।

रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भइ अस्पतालमा उपचार भइरहेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेको जनाएको छ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...