समाचार

प्रचण्डले धकेले महाधिवेशन, एकताका लागि वार्ता समितिको टेको

काठमाडौँ। नेकपा माओवादी केन्द्रले तत्काल महाधिवेशन नगर्ने भएको छ। अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र महाधिवेशन गर्ने भन्दै मिति नै नतोकी केन्द्रीय समिति बैठक सकेका छन्।

उनले यसअघि यही सम्पन्न केन्द्रीय समितिबाट महाधिवेशनको मिति तोक्ने बताएका थिए। उनले आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकले आगामी महाधिवेशनको मिति तोक्ने बैठकमा बताए।

माओवादी केन्द्रले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न ‘उच्चस्तरीय पार्टी एकता संवाद समिति’ गठन गरेको छ। केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठक समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चाँडै एकता वार्ताको पहल गर्ने बताए।

समितिमार्फत विप्लव नेतृत्वको नेकपा, नेसपाको एक समूहसहित सबै विचार मिल्ने पार्टी तथा समूहसँग वार्ता गरेर एकतामा ल्याउन पहल गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...