Breaking News

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको छ।

बिहीबार बिहान करिब साढे ९ बजे काठमाडौंबाट उडेको हेलि एभरेष्टको हेलिकोप्टर झापातर्फ प्रस्थान गरेको थियो। तर, निर्धारित गन्तव्यमा अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो।

मौसमको खराबीका कारण ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएको जनाइएको छ। यसअघि काठमाडौंमा मतदान सम्पन्न गरेपछि बालेन चार्टर उडानमार्फत झापा जाने तयारीमा रहेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले दिएका थिए।

सो दिन काठमाडौंबाट झापाका लागि कुनै नियमित हवाई उडान नरहेकाले चार्टरमार्फत यात्रा व्यवस्थापन गरिएको थियो। यसमा बालेनसहित ५ यात्रु थिए।

सम्बन्धित समाचार

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...