Breaking News

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो।

उनी बैरिया अनाथालय मतदान स्थलमा बस्ने महमद आसिकको नाममा मत हाल्न लाइन बसिरहेका थिए। उनी लाइन बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई इप्रका राजपुरमा पठाइएको छ।

त्यसैगरी अर्काको नाममा भोट हाल्न लाइन बसिरहेको अवस्थामा नुजमा बेगमलाई पनि नियन्त्रणमा लिएको थियो। उनी बेहोस भएपछि आफन्तको नाममा जिम्मा लगाइएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...

दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव

दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव

दोलखा। दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ। तामाकोशी गाउँपालिका ४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो। त्यसमध्ये...

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...