Breaking News

दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव

दोलखा। दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ।

तामाकोशी गाउँपालिका ४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो। त्यसमध्ये ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो।

उहाँका अनुसार मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको थियो।

अझै ९ वटा मतपत्रको खोजी भइरहेको छ। मतपत्र नै लुटिएपछि त्यहाँ मतदान सुरू हुन सकेको छैन। त्यस ठाउँमा कर्मचारीमाथि समेत हातपात गरेपछि प्रहरीले हवाइफायर समेत गरेको थियो। दोलखाको अन्य मतदानस्थलमा मतदान भइरहेका छन्। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म ४१।८९ प्रतिशत मतदान भएको छ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...