बुधबार, माघ २३, २०८१
English
Follow us:

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

  • खबर सेवा

  • बुधबार, पुस २४, २०८१

  • 21
    SHARES
बढ्यो सुनको भाउ

काठमाडौँ। आज सुनको मूल्य बढेको छ। विगत दुई दिनसम्म प्रतितोला एकलाख ५२ हजार रुपैयाँमा स्थिर रहेको सुनको मूल्य आज पाँचसय रुपैयाँ बढेको हो।

आज सुन तोलाको एकलाख ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार एक हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य त्ययताका दुईदिन घटबढ् भएको थिएन।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology