निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।
कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार एक वक्तव्य जारी गर्दै देशभर मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भएर लोकतन्त्रप्रति आफ्नो निष्ठा र अटल प्रतिबद्धता पुनः प्रकट गरेको बताउनुभएको छ।
उहाँले निर्वाचनमा सहभागी भई अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति पार्टीका तर्फबाट सम्मानसहित कृतज्ञता व्यक्त गर्नुभएको छ।
थापाले मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वासलाई पुष्टि गरेको उल्लेख गर्दै यसले राजनीतिक दलहरू र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताउनुभयो।
वक्तव्यमा केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिइएको छ।
त्यस्तै, निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि कांग्रेसले आभार र बधाई व्यक्त गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...




