बुधबार, माघ २३, २०८१
English
Follow us:

एन्फा महिला कप : वालिङको पोष्टमा आर्मीको दर्जन गोल

एन्फा महिला कप : वालिङको पोष्टमा आर्मीको दर्जन गोल

  • खबर सेवा

  • बुधबार, पुस २४, २०८१

  • 22
    SHARES

काठमाडौं । त्रिभुवन आर्मी महिला फुटबल क्लब एन्फा महिला लिगमा वालिङ नगरपालिकाको पोष्टमा दर्जनगोल लगाएको छ। यो जितसँगै आर्मी अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको हो।

आर्मीले एपीएफले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र नेपाल पुलिस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको थियो।

आर्मीले गोलको बर्षा गरेको खेलमा विमला चौधरीले ४ गोल गर्दा चन्द्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले खेल अवधिभर नै दबाब बनायो। ३४ मिनेट भित्र आर्मीले ४ गोल गर्यो। २३ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्‌। यसको एक मिनेटपछि नै सपना लामाले अग्रता दोब्बर गरिन्।

वालिङको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा पुलिस ५-० र दोस्रो खेलमा एपीएफसँग वालिङले ९-० ले हारेको थियो। पहिलो चरणको खेलमा वालिङ आर्मीसँग ८-० ले हारेको थियो। आर्मीसँग २ खेल खेलिसक्दा वालिङले २० गोल बेहोरेको छ। भोलि दुई विभागीय टोली एपिएफ र पुलिसबीच खेल हुनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology