खेलकुद

एन्फा महिला कप : वालिङको पोष्टमा आर्मीको दर्जन गोल

काठमाडौं । त्रिभुवन आर्मी महिला फुटबल क्लब एन्फा महिला लिगमा वालिङ नगरपालिकाको पोष्टमा दर्जनगोल लगाएको छ। यो जितसँगै आर्मी अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको हो।

आर्मीले एपीएफले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र नेपाल पुलिस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको थियो।

आर्मीले गोलको बर्षा गरेको खेलमा विमला चौधरीले ४ गोल गर्दा चन्द्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले खेल अवधिभर नै दबाब बनायो। ३४ मिनेट भित्र आर्मीले ४ गोल गर्यो। २३ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्‌। यसको एक मिनेटपछि नै सपना लामाले अग्रता दोब्बर गरिन्।

वालिङको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा पुलिस ५-० र दोस्रो खेलमा एपीएफसँग वालिङले ९-० ले हारेको थियो। पहिलो चरणको खेलमा वालिङ आर्मीसँग ८-० ले हारेको थियो। आर्मीसँग २ खेल खेलिसक्दा वालिङले २० गोल बेहोरेको छ। भोलि दुई विभागीय टोली एपिएफ र पुलिसबीच खेल हुनेछ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...