बुधबार, माघ २३, २०८१
English
Follow us:

रवि लामिछाने धरौटीमा आजै रिहा हुने सम्भावना, काठमाडौँमा आफै उपस्थित हुने

रवि लामिछाने धरौटीमा आजै रिहा हुने सम्भावना, काठमाडौँमा आफै उपस्थित हुने

  • खबर सेवा

  • बिहिबार, पुस २५, २०८१

  • 26
    SHARES
रवि लामिछाने धरौटीमा आजै रिहा हुने सम्भावना, काठमाडौँमा आफै उपस्थित हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले आजै छुट्ने तयारी गरेका छन्। बिहीबार नै ६५ लाख धरौटीमा रिहा हुने जिल्ला अदालत कास्कीको आदेशअनुसार उनले छुट्ने तयारी गरेको रास्वपा स्रोतले जानकारी दिएको छ।

बिहीबार न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसहितलाई धरौटीमा रिहा गर्न दिएको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएका हुन्। प्रहरीले भने पक्राउ परेर काठमाडौँ ल्याउने तयारी गरेको थियो। तर लामिछाने आफै अदालतमा उपस्थित हुने बताएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology