आज शुक्रबार, २६ पुस २०८१ ९१० जनवरी २०२५
मेष : रमाइलो यात्राको सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।
वृष : आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
मिथुन : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ।
कर्कट : दिन कर्मप्रधान रहेको छ। रोकिएका काम पुनः सुरु हुनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला।
सिंह : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। शुभकार्यको योजना बन्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। समयको सही सदुपयोग हुनेछ।
कन्या : मन प्रसन्न रहनेछ। शान्ति अनुभूत हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। शैक्षिक क्षेत्रमा सफल भइनेछ।
तुला : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। विचार पुर्याएर निर्णय लिनु राम्रो हुन्छ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरणशक्ति कमी भएको आभास गर्नु हुनेछ।
वृश्चिक : स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। प्यारो साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। रोकिएको कार्य पुनस् थालनी हुनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला।
धनु : दिन मनोरञ्जनपूर्ण रहला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।
मकर : नयाँ कार्यको योजना बन्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन होला।
कुम्भ : मन भावुक र उत्ताउलो बन्न सक्छ। विवेकले काम नगर्न सक्छ, सचेत रहनु होला। सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। यात्रामा मालसामान हराउन सक्नेछ। आहार विहारमा सावधानी अपनाउनु होला।
मीन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध झाङ्गिएर जानेछ।