बुधबार, माघ २३, २०८१
English
Follow us:

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

  • खबर सेवा

  • शुक्रबार, पुस २६, २०८१

  • 27
    SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology