Breaking News

टी २० विश्वकप २०२६ : इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, न्युजिल्यान्डसँग उपाधि भिडन्त

काठमाडौं। इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हासिल गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

सन् २०२४ मा भएको विश्वकपमा समेत भारतले फाइनलमा स्थान बनाउँनुको साथै उपाधि पनि जितेको थियो। योसँगै भारत चौथो पटक फाइनल पुगेको हो।

भारत यसअघि २ पटक च्याम्पियन भइसकेको छ। भारतको जितमा सञ्जु स्यामसनले ४२ बलमा ८९ रन बनाउँदा हार्दिक पाण्ड्याले महत्वपुर्ण २ विकेट लिएका थिए।

भारतले दिएको २५४ रनको विशाल लक्ष्यको नजिक पुगे पनि इङ्ल्याण्डले जित हासिल गर्न सकेन। इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउँन सक्यो। इङ्ल्याण्डका जेकोब बेथहेलले शतक बनाएपनि हार टार्न सकेनन् । उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०५ रनको सर्वाधिक योगदान दिए।

विल ज्याक्स २० बलमा ३५, साम करन १४ बलमा १८, जस बटलर १७ बलमा २५ तथा टम बेन्टन ५ बलमा १७ रनमा आउट भए।

भारतका लागि हार्दिकले २ तथा अर्शदिप सिंह, जसप्रित बुमराह, बरुण चक्रवर्ती र अक्षर पटेलले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडेमा टस जितेको इङ्ल्याण्डले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल बनाएको थियो ।

भारतका लागि ओपनर स्यामसनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शिभम दुवेले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रन बनाए । इशान किशन १८ बलमा ३९ तथा तिलक बर्मा ७ बलमा २१ रनमा आउट भए ।

इङ्ल्याण्डका लागि विल ज्याक्स र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चरले १ विकेट लिए । भारत सन् २०२४ मा भएको गएको संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि च्याम्पियन भएको थियो ।

विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने भारत दोस्रो राष्ट्र हो। यसअघि सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ।

भारतले उपाधीका लागि आइतबार पहिलो सेमिफाइनलको विजेता न्युजिल्याण्डसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी

काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...

चितवन २ मा रविको फराकिलो अग्रता

चितवन २ मा रविको फराकिलो अग्रता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन्...

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...