रीता थापामाथि ज्योति मगरको प्रश्न : ‘म त ढले ढले’ राम्रो भए ‘बिस्ताराले पुल्यो’ कसरी संस्कृति भड्काउने?
काठमाडौँ। गायिका ज्योति मगर विभिन्न कारण चर्चामा आइरहन्छिन्। कहिले पहिरनका कारण त कहिले बोलीका कारण उनी चर्चामा आउने गरेकी छन्। स्टेजमा प्रफरमेन्स गर्दा उनले गर्ने क्रियाकलापले पनि ज्योतिलाई चर्चामा ल्याउने गरेको छ। ज्योति सामाजिक सन्जालमा पनि छाइरन्छिन्।
उनी कुनै विषयमा तीखो प्रहार गर्ने गरेकी छन्। पछिल्लो समय उनले लोकदोहोरी गीत प्रतिष्ठाकी अध्यक्ष रीता थापा मगरलाई सामाजिक सन्जालमा प्रश्न उठाएकी छन्।
उनले मगरलाई ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी जनाएको विषयमा प्रश्न खडा गरेकी हुन्। उनले हिजोका दिनमा ‘काले के के बोल्यो मलाई बिस्ताराले पुल्यो’ गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रने लोक तथा दोहोरी गीत प्रतिष्ठान सक्सेस पार्टीमा केक काट्नुलाई तपाई के भन्नु हुन्छ? भन्दै प्रश्न उठाएकी हुन्।
बिहीबार ‘म त ढले ढले’ गीत युट्युबमा ५ करोड भिउज पुगेको उपलक्षमा निर्माण टिमले आयोजना गरेको सक्सेस पार्टीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर सहभागी भएकी थिइन्। उनले प्रतिष्ठानकी अध्यक्षलाई शो कल्ड आर्दवादी समेत भनेकी छन्।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




