राजनीति

गुटबन्दीले अधिवेशन स्थगित भएपछि विद्यार्थी नेत्रृको आक्रोश, ‘संगठन र पार्टीको ठेक्का लिनेले विचलित बनाए’

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको जिल्ला सम्मेलन स्थगित भएकोमा विद्यार्थी नेता नियूना खनालले आपत्ति मानेकी छन्।

कैलाली जिल्लाको १७ औँ अधिवेशन तोकिएको मितिमा नभई नेताहरूको गुटबन्दीमा स्थगित गरेकोमा उनले आपत्ति मानेकी हुन्। उनले अधिवेशन सार्दा ग्रामीण भेगबाट सदरमुकाम आएका विद्यार्थीलाई असर परेको बताएकी छन्।

‘प्रिय प्रतिनिधि कमरेडहरु बीच बाटोबाट फिर्ता हुनु परेको देख्दा साह्रै दु:खी भएकी छु। संगठन र पार्टीको ठेक्का लिएर बसेकाहरुलाई मेरो सुझाव छ, हामी जस्ता कलिला विद्यार्थीहरुलाई गुटबन्दीका नाममा विचलित नगराउनुहोस्।’ उनले भनेकी छन्।

‘संगठन र पार्टीको ठेक्का लिएर बसेकाहरुलाई मेरो सुझाव छ, हामी जस्ता कलिला विद्यार्थीहरुलाई गुटबन्दीका नाममा विचलित नगराउनुहोस्।’उनले यो शैलीले पार्टी र संगठन नबन्ने कारण लोकतान्त्रिक अभ्यासबाट डराउन खोज्नेहरु कहिल्यै राजनीतिमा सफल नहुने ठोकुवा दिएकी छन्।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...