समाचार
५ वैशाख २०७९ १५:४२
खबर सेवा · More from author
समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण
खबर सेवा

समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।
सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।
विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार प्रदान गर्ने माध्यम आमसञ्चार नै भएको उल्लेख गरिएको ध्यनाकर्षणपत्रमा लोकतन्त्रको स्थापनापछि राज्यले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन दिने नीति बनाउन भनिएको छ ।
अध्यक्ष श्रेष्ठले विगतमा काउन्सिलले गरेको वर्गीकरण पक्षपातपूर्ण भएको गुनासो आइरहेका अवस्थामा वर्गीकरण न्यायपूर्ण हुनुपर्ने आवाज श्रमजीवी पत्रकारले उठाइरहेकाले पनि वर्गीकरणलाई निष्पक्ष तथा थप प्रभावकारी बनाई सञ्चारमाध्यमको संरक्षण गर्नु काउन्सिलको दायित्व भएको बताए । उनिले नतिजा प्रकाशनमा ढिलो हुँदा चालु आर्थिक वर्षका लागि वर्गीकरणको फर्म भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै निकाल्न काउन्सिलको ध्यानाकर्षण गराएका छन् ।
सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव गरिएको थियो । उक्त पत्र बुझेपछि काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतको कल्याण हुने बताउँदै वर्गीकरणलाई विवादरहित बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
२२ फागुन २०८२ १९:४५
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...
२२ फागुन २०८२ ७:१४
कस्तो छ मौसम?
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...
२२ फागुन २०८२ ७:०८
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
२१ फागुन २०८२ १४:१३




