बुधबार, माघ २३, २०८१
English
Follow us:

नेपाली महिला क्रिकेट टिमले नेदरल्यान्ड्स र थाइल्यान्डसँग ३-३ खेल खेल्ने

नेपाली महिला क्रिकेट टिमले नेदरल्यान्ड्स र थाइल्यान्डसँग ३-३ खेल खेल्ने

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 58
    SHARES
नेपाली महिला क्रिकेट टिमले नेदरल्यान्ड्स र थाइल्यान्डसँग ३-३ खेल खेल्ने
राष्ट्रिय महिला क्रिकेट. तस्बिर : क्यान

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले घरेलु मैदानमा त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको हो।

माघ १७ देखि २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलो दिन नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ। प्रतियोगितामा हरेक टोलीले एक अर्का विरुद्ध ३–३ खेल खेल्ने छन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

गत जुलाईमा एसिया कप खेलेको नेपाली महिला टोलीले त्यसपछि कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन। घरेलु मैदानमा भने नेपालका लागि यो दोस्रो शृङ्खला हो। यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology