राजनीति

जब ‘फेक विज्ञप्ति’ले कांग्रेसलाई तनाव भयो ..

काठमाडौँ। नेपाली कांग्रेसलाई आफूले लेख्दै नलेखेको विज्ञप्तिका कारण ठूलो तनाव भएको छ। पार्टी सभापतिको हस्ताक्षरमा रहेको एक विज्ञप्तिले सामाजिक सञ्जालमा तहल्का मच्चाएपछि कांग्रेसले आधिकारिक नरहेको सूचना प्रकाशन गर्नपरेको छ।

वर्तमान सरकारले ल्याएको अध्यादेशकोविरुद्धमा देउवाले असन्तुष्ट जनाएको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको थियो। ‘संसद् अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्‍लाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, उक्त नक्कली विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।’ यही कारण कांग्रेसको टाउको दुखाइ भएको छ।

यही कारण कांग्रेसले आधिकारिक रूपमै विज्ञप्ति निकालेर मिथ्या सूचना भएको जानकारी दिनुपरेको छ। ‘नेपाली राजनीतिलाई तरंगित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हतास मनस्थितिबाट घृणित कार्य गरिएको भन्दै विज्ञप्तिमा निन्दा गर्दै भनिएको छ, ‘त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरेको छ । यसअघि सामाजिक सञ्जालमा देउवाले वर्तमान सरकारको कार्यशैलीको विरोध गरेको र अध्यादेशको पनि घोर भर्त्सना गरेको भन्दै फेक विज्ञप्ति भाइरल भएको थियो ।

सम्बन्धित समाचार

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...