खेलकुद

‘एल क्लासिको’मा बार्सिलोनाको धमाका, चुम्यो सुपरकपको उपाधि

काठमाडौँ। साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै क्याटलान क्लव बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ।

आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो। खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल एलेजान्ड्रो बाल्डेले गरे।

खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोेले बार्सिलोनाका लागि गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्सिलोनाले १५ औँ पटक उपाधि उचाल्न सफल भयो। योसँगै बार्सिलोनाले अघिल्लो सिजन फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। रियलले भने बार्सिलोनालाई हराउँदै उपाधि बराबरी गर्ने सुन्दर मौका गुमाएको छ।

रियलले भने १३ पटक उपाधि जित्दा ७ पटक उपविजेतामा सिमिति बनेको छ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...