राजनीति

‘जागिर खान आएको भए १०-५ हुन्थ्यो, राम्रो काम राति गर्दा केही हुन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जबाफ दिन माहिर व्यक्ति हुन्। उनलाई जो कोहीको जबाफ दिन गाह्रो पर्दैन। यतिसम्म कि प्रश्नकर्तालाई प्रतिप्रश्न गरेरै उनी हच्काउन सक्छन्। सोमबारको एक कार्यक्रममा यस्तै भयो, जहाँ ओलीलाई पत्रकारले प्रश्न गरेका थिए। उनले उल्टै पत्रकारलाई प्रश्न तेर्साए। संयोग यस्तो थियो कि कार्यक्रम पनि पत्रकारकै थियो। जहाँ ओली निरन्तर हाबी भइहे।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजको प्रश्न गरिएको थियो। जबाफमा उनले आफूले त्यसबारे नसोचेको बताए। उनले कूटनीतिक रूपमा कानुन सच्याउन आवश्यक रहेको सुनाए।

ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूट र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे।

ओलीलाई रातिको समयमा किन अध्यादेश ल्याएको भनेर पत्रकारले प्रशन् गरेका थिए। उनले तीखो शैलीमा जबाफ दिए, ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो।’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र?’

 

सम्बन्धित समाचार

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

निर्वाचनको सुरुवाती रुझान : रास्वपाको सानदार अग्रता, कांग्रेस-एमाले रक्षात्मक

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका...

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

झापा ५ मा बालेन अगाडि, ओली पछ्याउँदै

काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। देशभर प्रत्यक्षतर्फको मतगणना भइरहँदा झापा-५ क्षेत्रलाई सबैभन्दा ‘हटसिट’ क्षेत्रका रूपमा...

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...