पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गर्नुभयो।
उहाँले भन्नुभयो, ‘कुनै पनि सबै जनता जाग्ने गर्दछ । अनि परिवर्तन हुन्छ । त्यस्तै नेपालमा पनि त्यो अवस्था आयो । अब राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन सरकार, रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी, यो सबैले नै देशको समस्या समाधान गर्छ भनेर नै एक किसिमको विश्वास मतदातामा भयो । र त्यो ब्यालेटमार्फत बक्ससम्म पुग्यो । र, परिणामहरु हामीले देखिराखेका छौँ । मधेसको हकमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मधेशमा छ र भन्ने अवस्थाबाट मधेशको ३२ वटा नै सिट जितिन्छ कि भन्ने अवस्थासम्म पुगिसक्यो । तर यो थप जिम्मेवारी हो । मैले हिजो सामाजिक सञ्जालमा पनि लेखेको थिए–हामीलाई दिइएको जिम्मेवारी हो यो । त्यसैले कोही आवश्यकता भन्दा बढी उत्साहित नहुनु, अख्तियारी दुरुपयोग नगर्नुस् । किनकी हामी पहिलो आफूप्रति कठोर हुनुपर्दछ । नेता बन्न खोज्ने होइन, सहजकर्ता बन्ने हो । यसरी हामीले आगामी यात्राहरु सोच्नुपर्नेछ । किनकी हामी आफ्नो लागि राजनीति गर्न आएको होइन । आफन्त र परिवारको लागि राजनीति गर्न आएको होइन हामी । हामी त देशको लागि राजनीति गर्न आएको हो । हामीलाई पार्टी भन्दा पनि महत्वपूर्ण हाम्रो नागरिक छ । आफन्तभन्दा पनि विकासको खाकाहरु कोर्नु छ । जब प्राथमिकतामा यी कुराहरु पर्छ, तब सुधार भइहाल्छ । त्यसैले हामीलाई विश्वास गर्नुस, हामी निराशा पार्दैनौँ ।’
प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभई सहककर्ताको रुपमा जनताको सेवा गर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत विजयी
-
२.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
३.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
-
४.
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
-
५.
दुईतिहाई बहुमततिर रास्वपा!
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...
दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...




