कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।
निर्वाचन आयोगकाअनुसार हालसम्म देशभरबाट समानुपातिकतर्फ करिब ३ लाख मतगणना सम्पन्न भइसकेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले मतदानका क्रममा कति मत बदर भयो भन्ने विषय आम चासोको विषय भएको बताउनुभयो।
अझै मत गणना गर्न बाँकी रहेकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन नसकिने स्पष्ट पार्नुयो। जिसीले अहिले छिटपुट रूपमा बदर मतका विवरणहरू आइरहेको भएपनि एकमुष्ट तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो।
आयोगकाअनुसार कतिपय निर्वाचन क्षेत्रहरूमा मतदाताहरू भोट हाल्न नै नआएको र केही ठाउँमा निकै कम प्रतिशत मात्र मतदान भएको छ।
यसका साथै, कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरिकन खाली नै मतपेटिकामा खसालेको पाइएको छ।
कुनै पनि चिह्नमा सङ्केत नगरिएका र खाली राखिएका मतपत्रहरू स्वतः बदरभागी हुने र रद्ध हुने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो।
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...
पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...




